Skip to content

गृहमन्त्री गुरुङको सम्पत्तिः बैंकमा ६१ लाख बढी नगद, ४ करोड भन्दा बढीको सेयर, ८९ तोला सुन र ६ किलो चाँदी

nabil bank

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको सम्पत्ति करोडौको रहेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्बजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री गुरुङको विभिन्न बैंकमा ६१ लाख ३५ हजार नगद रहेको छ । यस्तै सेयर बजारमा ४ करोड भन्दा बढीको लगानी रहेको छ ।

गुरुङको होप होल्डिङ्स प्रालिमा ३० लाख बराबरको ३० हजार थान साधारण सेयर रहेको छ । लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ लाख बराबरको ५ हजार ७ सय थान साधारण सेयर रहेको उल्लेख छ । त्यस्तै, धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार बराबरको सेयर रहेको गरेका छन् ।

मन्त्री गुरुङको एड्भेन्चर भिल्ला प्रालिमा ७० लाख बराबरको ७० हजार थान सेयर रहेको विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै उनले पैत्रिक सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरण पेश गरेका छन् । त्यसैगरी उनको धनकुटामा लगानीबाट प्राप्त आय बाट १९ रोपनी १५ आना जग्गा रहेको छ । चितवनमा पिता दिल बहादुर गुरुङको नाममा ३० कठ्ठा र गोरखामा बाजे रामसल गुरुङ तथा परिवार ९बाँडफाँड नभएको० को नाममा २२१ रोपनी जग्गा रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi