काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्बजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग १५ तोला सुन, चाँदी ९ तोला र १ तोला हिरा रहेको छ । यस्तै १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरका सवारी साधन, विभिन्न बैंकमा नगद, विभिन्न कम्पनीमा सेयर रहेको छ ।
मन्त्री गौतमले चितवन जिल्लाको भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा छन् । जग्गा सासूससुराको नाममा छ ।
उनको एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको छ ।
मन्त्री गौतमसँग विवाहमा प्राप्त भएको १० तोला सुन र ५ तोला पैतृक सुन गरी कुल १५ तोला सुन रहेको छ । उनको ग्लोबल हिमायल ट्रुक एन्ड ट्रेड्सको ५० प्रतिशत सेयर छ भने सोपन मल्टीपल कम्पनीमा ६ हजार ५०० कित्ता सेयर रहेको छ ।
उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँको गाडी रहेको उल्लेख छ । यो ऋण र तलबबाट किनिएको जनाइएको छ । २ लाख ७५ हजार रुपैयाँको एक थान स्कुटर छ ।












प्रतिक्रिया दिनुहोस्