Skip to content

हर्मुज जलडमरूमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनी

nabil bank
President Donald Trump speaks to reporters before boarding Air Force One at Morristown Municipal Airport in Morristown, N.J., Sunday, May 25, 2025. (AP Photo/Manuel Balce Ceneta)

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन नौसेनालाई हर्मुज जलडमरूमा तत्काल नाकाबन्दी सुरु गर्न निर्देशन दिने बताएका छन्।
उनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा इरानलाई शुल्क तिरेर यात्रा गरेका सबै जहाजलाई रोक्ने चेतावनी समेत दिएका छन्।

ट्रम्पको यस्तो अभिव्यक्तिले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिने संकेत देखिएको छ। हर्मुज जलडमरू विश्वकै महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिन्छ, जहाँबाट ठूलो मात्रामा कच्चा तेल ओसारपसार हुने गर्छ।

यता, इरानका संसद् सभामुख मोहम्मद बाकेर गालिबाफले पाकिस्तानमा सम्पन्न युद्धविराम सम्बन्धी वार्ता असफल हुनुमा अमेरिकालाई जिम्मेवार ठहर गरेका छन्।

उनले अमेरिकी पक्षले इरानी प्रतिनिधिमण्डलको विश्वास जित्न नसकेको आरोप लगाएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi