काठमाडौं । यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लु ग्रुपमार्फत यामाहा ब्लु फेस्ट सफलतापूर्वक आयोजना गरेको छ ।
कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो । कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, इनोभेसन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरि डिजाइन गरिएको थियो ।
ब्लु फेस्टको अपचारिक सुरूवातको रूपमा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप बिक्रम शाहीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रमको मुख्य आकर्षण “लिड द नेक्स्ट” थीम अन्तर्गत यामाहा एफजेडएस एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रह्यो । अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड सिरिजको नयाँ अध्यायको सुरुवात गरे । लाइभ प्रस्तुति र अन्तरक्रियात्मक गतिविधिहरूले कार्यक्रममा उत्साहपूर्ण वातावरण सिर्जना गर्नुका साथै सहभागीहरूमा तीव्र जिज्ञासा र जोश देखिएको थियो।
कार्यक्रममा अध्यक्ष अग्रवालले भने, “हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौं। यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन्। यसमध्ये एफजेड सिरिज नेपाली राइडरहरूको सबैभन्दा विश्वासिलो रोजाई बन्दै आएको छ।”
एफजेड सिरिज लामो समयदेखि कम्युटर सेग्मेन्टमा लोकप्रिय रहँदै आएको छ, र न्यु जेनले थप सुधारिएका फिचर र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिएको छ । नयाँ यामाहा एफजेडएस एफआई न्यु जेन हरेक दिनको प्रयोगमा आत्मविश्वास, स्टाइल र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो ।
५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिताले बजार अनुसारको उचित मूल्याङ्कन सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी एक्सचेन्ज सुविधा प्रदान गरेको थियो । ग्राहकहरूले नागरकिता मार्फत तुरुन्तै फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको लचिलो ईएमआई विकल्प तथा ब्लु फेस्ट योजना अन्तर्गत अधिकतम ५ लाखसम्मको क्यासब्याक सुविधा पनि प्राप्त गरेका थिए।
यामाहा ब्लु फेस्ट मार्फत कम्पनीले ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै इनोभेसन र राइडर सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ । एफजेड न्यु जेनको सार्वजनिकरणले बदलिँदो राइडर आवश्यकतासँग अघि बढ्दै प्रिमियम कम्युटर सेग्मेन्टमा अग्रणी स्थान कायम राख्ने यामाहाको दृष्टिकोणलाई अझ स्पष्ट बनाएको छ।












प्रतिक्रिया दिनुहोस्