Skip to content

हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्युः २७९ को अवस्था अज्ञात

काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको छ । आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बुधबार बिहान २ बजेर ५१ मिनेटमा आगलागी भएको थियो ।

घटनापछि २७९ जनाको अवस्थाबारे कुनै तथ्यांक उपलब्ध नभएको र उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ । ४५ जनाको उपचार भइरहेको छ।

अत्यधिक जोखिमयुक्त परिस्थितिका कारण हङकङ अग्निशमन सेवा विभागले घटनालाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ ।

आगलागीबाट भवनको धेरै भाग धुवाँ र आगोले क्षति पुगेको छ। उद्धार टोलीले फसेका व्यक्तिहरूको खोजी, घाइतेहरूको उद्धार तथा भवनको स्थायित्व मूल्याङ्कनका कामलाई निरन्तरता दिइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima