Skip to content

भिनोलिभा रेस्टुरेन्टको तेस्रो वार्षिकोत्सव सम्पन्न

nabil bank

काठमाडौ । भिनोलिभा रेस्टुरेन्टको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ ।

राजधानीको फाइन–डाइनिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको भिनोलिभा रेस्टुरेन्ट अत्याधुनिक संरचना, उत्कृष्ट सेवा, स्वाद र अन्तर्राष्ट्रिय स्तरको वातावरणका कारण पछिल्ला वर्षहरूमा ग्राहकको पहिलो रोजाइ बन्दै आएको छ।

एनआरएनएका शीर्ष नेतृत्वको लगानी तथा व्यवस्थापनमा सञ्चालित यो रेस्टुरेन्ट छोटो अवधिमै उच्च मापदण्ड स्थापित गर्न सफल मानिन्छ ।

रेस्टुरेन्टको अध्यक्षमा एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया निवासी) रहेका छन् भने सञ्चालक टीममा एनआरएनएका उपाध्यक्ष लोक दाहाल (बेल्जियम निवासी), उपाध्यक्ष राज रेग्मी (कतार निवासी) र जापान निवासी ईश्वर सापकोटा रहेका छन् । अन्तर्राष्ट्रिय अनुभवले समृद्ध उक्त टोलीको लगानीका कारण भिनोलिभाले सेवा, सफाइ, व्यवस्थापन र ग्राहक–अनुभूतिको स्तरमा राजधानीका अन्य रेस्टुरेन्टहरूभन्दा फरक पहिचान कायम गर्न सफल भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime