काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार सुनको भाउ ताेलाकाे दुई हजार २०० रुपैयाँले बढेर साढे २ लाख रुपैयाँ माथि पुगेको हो । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ताेलाकाे २ लाख ५० हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य तोताको २ लाद ४८ हजार ४०० रुपैयाँ थियो । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य पनि तोलाको ६५ रुपैयाँ बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य ३ हजार २८० रुपैयाँ रहेको छ ।






प्रतिक्रिया दिनुहोस्