Skip to content

रानाभाट विरुद्ध तीन करोडभन्दा धेरै सम्पति सुद्धिकरण मुद्धा, विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा आज पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भएको फैसला उपर पुनरावदेन दिएको हो ।

आयोगले रानाभाटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु तीन करोड १५ लाख ८१ हजार ६६ दशमलब ८० कायम गरी मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको थियो ।

विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाई दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको हाे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima