काठमाडौं । बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो ।
बुद्ध एयर पोखरा कार्यालयका अनुसार जहाज अवतरणको क्रममा गिद्ध ठोक्किएको हो । चरा ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलरमा क्षति पुगेको छ ।
विमानमा ६८ यात्रु सवार थिए । सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।
‘आज काठमाडौंबाट पोखरा उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ । उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । सो जहाजलाई पोखरास्थित हाम्रो टेक्निकल टिमले चेकजाँच गरिरहेको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्