काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलाको एक हजार ६०० रुपैयाँ बढेको हाे ।
आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, आज चाँदीको मूलय पनि बढेको छ । आज चाँदी तोलाको १४५ रुपैयाँ बढेको हो । आइतबार चाँदीको मूल्य तोलाको तीन हजार ४९० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य एक तोला चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्