काठमाडौं । अर्थ मन्त्रालयले रुग्ण अवस्थामा रहेका चार वटा उद्योगको निजीकरणका लागि सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न परामर्शदाता कम्पनी छनोटको अन्तिम चरणमा पुर्याएको छ ।
मन्त्रालयले लामो समयदेखि रुग्ण अवस्थामा रहेका बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, जनकपुर चुरोट कारखाना र नेपाल ओरियन्ट म्याग्नेसाइटको डीडीएका लागि परामर्शदाता कम्पनी छनोट अन्तिम चरणमा पुर्याएको जनाएको छ ।
पदामर्शदाता छनोटको प्रकृया मन्त्रालयले गत साउनदेखि नै सुरु गरेको थियो । मन्त्रालयले योग्य कम्पनीहरूको आर्थिक प्रस्ताव मंसिर २१ गते खोेल्ने तयारी गरेको छ । आर्थिक प्रस्ताव स्वीकृत भएपछि परामर्शदाता कम्पनीले सम्पत्ति मूल्यांकन कार्य सुरु हुनेछ ।
बर्षौदेखि बन्द अवस्थामा रहेका यी उद्योग अब निजी क्षेत्रलाई सञ्चालन गर्न दिने तयारीमा सरकार लागेको छ ।






प्रतिक्रिया दिनुहोस्