Skip to content

नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना छः नाट्टा

nabil bank

काठमाडौं । नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको छ । नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)को आयोजना तथा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड र एसियाली उत्पादकत्व सङ्गठनको सहकार्यमा आजेदेखि सुरु भएको ‘वेलनेस टुरिजम’ प्रवर्द्धनसम्बन्धी कार्यक्रमका वक्ताले नेपालको पर्यटन प्रवर्द्धनमा वेलनेस टुरिजमको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले विश्वव्यापी रुपमा ‘वेलनेस टुरिजम’को विकास तीव्र गतिमा हुँदै गएको र यसको सम्भावना नेपालमा झन् धेरै रहेको बताए। नेपालको पर्यटन क्षेत्रको विकासमा वेलनेस टुरिजमले ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

‘सगरमाथा र बुद्ध जन्मेको नेपालमा योग, ध्यान मेडिटेसनमार्फत पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना रहेका छन्,’ उनले भने । वेलनेस टुरिजमको विकाससँगै बेरोजगार रहेका युवा र महिलाले सजिलै रोजगार पाउने उनको भनाइ छ ।

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले नेपालका ट्राभल्स एन्ड टुर कम्पनीले वेलनेस टुरिजमको प्याकेज बनाएर विश्वमाझ प्रवर्द्धन गर्न लाग्नुपर्ने बताए। उनले विश्वभर द्रुत गतिमा प्राकृतिक चिकित्सा पर्यटनको विकास हुँदै गएको बताए । उनले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मुलुक भएकाले यहाँ वेलनेस टुरिजमले सिङ्गो एसियालाई नै नेतृत्व गर्नसक्ने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime