Skip to content

अक्षय गोल्याणद्वारा सहिदका बालबालिकालाई दीर्घकालीन सहयोगको प्रतिवद्धता

काठमाडौं । गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जाल ‘लिंकदिन’ मार्फत एक भिडियो सामग्री पोष्ट गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । अभिभावकसँगै बालबालिकाले जीवनबाट सुरक्षाको सुनिश्चितता नै गुमाएको भन्दै उनले भनेका छन्, ‘हामी शैक्षिक सहयोगमार्फत् उनीहरूको सपना पूरा गर्न अगाडि सरेका छौं ।’

गोल्याण ग्रुपले यसअघि नै सहिद परिवारका ३२ जना बालबालिकालाई मासिक ४० हजारसम्मको छात्रवृत्ति घोषणा गरिसकेको छ । १२ कक्षासम्मको शिक्षाका लागि प्रति विद्यार्थी वार्षिक ४ लाख ८० हजार सम्मको छात्रवृत्तिका लागि ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता पनि भइरहेको छ ।

विश्व बाल दिवसको अवसर पारेर ग्रुपले बालबालिकालाई ‘किड्स–प्ले डेट’ मा निम्त्याएको थियो । जसमा उनीहरू एक–आपसमा रमाउँदै खेलेको भिडियो पोष्ट गर्दै प्रवन्ध निर्देशक गोल्याणले भनेका छन्, ‘यहाँ उनीहरूलाई निम्त्याइएको केबल मनोरन्जनका लागि मात्र होइन, बरू हरेक बालबालिकाले खुसी र सुरक्षावोधका साथ जीवनप्रति आशावादी हुने हक राख्छन् भनेर स्मरण गर्न पनि हो ।’

जीवनको असाध्यै कठिन समयमा बालबालिकालाई एक्लै नछाड्ने उदेश्यले सहयोगको हात बढाएको उनले बताएका छन् । भनेका छन्, ‘हाम्रो प्रतिवद्धता सामान्य छ। हामी भोलि पनि उनीहरूसँगै हुनेछौं । हरेक बालबालिकाले जीवनमा सपना देख्ने हक राख्छन्, हामीले यी बालबालिकाका लागि पनि त्यसको सुनिश्चितता गर्नेछौं ।’

प्रवन्ध निर्देशक गोल्याणले बालबालिकाको मुस्कानले अर्थपूर्ण सन्देश प्रवाह गरेको पनि बताएका छन् । ‘कहिलेकाहिँ सामान्य क्षणहरुले पनि हामीलाई गहिरो पाठ सिकाउँछन् । उनीहरुमा देखिएको हाँसो, सिर्जनशीलता र ऊर्जाले साँच्चिकै सुन्दर भविष्यको संकेत गरेको छ,’ लिंकदिनमा उनले भनेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi