काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ८०० सय रुपैयाँ घटेको छ, भने चाँदीको मूल्य ३० रुपैयाँ प्रतितोला घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो ।
यसैगरी, बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्