Skip to content

जोखिमको आधारमा मात्रै करदाताको कर परीक्षण हुन्छः विभाग

काठमाडौं । आन्तरिक राजस्व विभागले जोखिमको आधारमा मात्रै करदाताको कर परीक्षण हुने जनाएको छ ।

आयोगले सूचना जारी गर्दैै यस्तो जनाएको हो । आयोगका अनुसार आफ्नो मातहतका विभिन्न करदाता कार्यालय तथा अन्तरिक राजस्व कार्यालयहरूमा चलिरहेको पूर्ण कर परीक्षणको कार्य नियमित रुपमा भइरहेको समेत जनाएको छ ।

विभागले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार, चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि कर परीक्षण प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको छ। विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र अन्तरिक राजस्व कार्यालयहरू सबैमा पूर्ण कर परीक्षण कार्य गर्ने निर्णय यसै आर्थिक वर्षको कार्यक्रमअन्तर्गत गरिएको स्पष्ट पारेको छ।

विभागले आर्थिक ऐन, २०८२ को दफा ७४ (१) (इ) तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ३५ (ग) मा आधारित भएर कर परीक्षण तथा मूल्य अभिवृद्धि करको प्रारम्भिक सूचनासहित सम्बन्धित करदाताहरूलाई आवश्यक जानकारी उपलब्ध गराइएको जनाएको छ।

आव २०७८÷७९ सम्मका कर विवरण तथा लेखापरीक्षणका आधारमा परीक्षण कार्य अघि बढाइने उल्लेख गरिएको छ।

प्राप्त सूचनामा केही करदाताले पूर्ण कर परीक्षणबारे भ्रम पैदा गरेको भन्दै विभागले कर परीक्षण पूर्ण रूपमा नियमित प्रक्रिया भएको र सबै करदाताले आवश्यक कागजात एवं विवरण उपलब्ध गराउनुपर्ने पुनः स्मरण गराएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi