Skip to content

हाई लाइफ एग्रो एण्ड फुड्स इन्डस्ट्रीजको १०औँ वार्षिक साधारण सभा सम्पन्न

nabil bank

काडमाडौं । हाई लाइफ एग्रो एण्ड फुड्स इन्डस्ट्रीज लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा फुड्सका अध्यक्ष अम्बिका प्रसाद पौडेलले नेपाल अवसर नै अवसरहरूको उर्वर भूमि भएको बताए । नेपालमा जलविद्युत, पर्यापर्यटन तथा खाद्य तथा कृषिजन्य उद्योगमा अपार सम्भावनाहरू रहेको बताए ।

विश्व बजारमा सहज पहुचले उपभोक्ताहरूको आवश्यकता, रुचि र उपभोग व्यवहार समयसँगै परिवर्तन हुँदै गएको र स्थानीय, सुरक्षित र उच्च गुणस्तरका उत्पादनप्रति माग तीव्र रूपमा वृद्धि भएको बताए । बजारको बढ्दो मागलाई हाईलाइफले सूक्ष्म रूपमा विश्लेषण गर्दै उपभोक्ताको आवश्यकतासँग मेल खाने नवीन, स्वस्थ्यकर र मूल्य सुहाउँदो उत्पादनहरू विकास र आपूर्ति गर्न निरन्तर समर्पित बताएको बताए ।

‘गुणस्तर, पहुँचयोग्यता र दीर्घकालीन स्थायित्वलाई आफ्नो मूल प्राथमिकता बनाउँदै हामी कृषि तथा उत्पादन क्षेत्रको समग्र विकास र राष्ट्रिय अर्थतन्त्रमा सार्थक योगदान पुर्‍याउने दृढ प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ’ उनले भने ।

उनले उद्देश्यअनुरूप हाईलाइफलाई देशको अग्रणी र विश्वसनीय खाद्य उत्पादन ब्रान्डका रूपमा स्थापित गर्दै यसको दीर्घकालीन सुदृढीकरणमा पूर्णतः प्रतिबद्ध रहेको बताए । ‘हाम्रो लक्ष्य नेपालका ७७ वटै जिल्लाका घर–घरमा दैनिक उपभोगका उच्च गुणस्तरका, पौष्टिक र सुरक्षित उत्पादनहरू विश्वसनीय रूपमा पुर्‍याउनु मात्र नभई नयाँ स्वाद, नवीनता र उपभोक्ता–मैत्री समाधानमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डको प्रतिस्पर्धात्मक पहिचानलाई निरन्तर उन्नत बनाउँदै लैजानु हो’ उनले भने ।

यही रणनीति अन्तर्गत गत वर्षदेखि अमेरिका, जापान, अस्ट्रेलिया, युरोप, कोरिया र युएईजस्ता प्रमुख विकसित राष्ट्रहरूमा हाइलाईफको उत्पादनहरू निर्यात गर्न सफल भएको बताए । ‘हामी यस सफलतालाई अझ व्यवस्थित, दिगो र बजार–उन्मुख रणनीतिका माध्यमबाट अगाडि बढ्दै यस क्षेत्रमा हुने गरेको आयातलाई प्रतिस्थापन गरि जहाँ नेपाली त्यहाँ नेपाली उत्पादनको मन्त्रलाई आत्मसाथ गर्दै निर्यातलाई प्रबर्दन गर्न अघि बढिरहेका छौँ’ उनले भने ‘हामी विश्वस्त छौँ कि यस पहलले अन्तर्राष्ट्रिय बजारमा ‘हाई लाइफ’ ब्रान्डको प्रतिष्ठा मजबुत बनाउने मात्र नभई राष्ट्रिय अर्थतन्त्र, विदेशी मुद्रा आम्दानी र समग्र खाद्य उद्योगको गुणस्तरियता अभिवृद्धिमा पनि उल्लेखनीय योगदान पुर्‍याउनेछ ।’

यससंगै अर्को प्रमुख लक्ष्य रोजगारी सिर्जना, कृषकहरुसंग ब्यवसायिक सहकार्य, कृषि उत्पादनमा प्रोत्साहन, उचित मूल्य सुनिश्चित गर्दै आर्थिक सबलीकरणलाई सुदृढ बनाउनु रहेको अध्यक्ष पौडेलले बताए ।

यसका लागि कृषक, स्थानीय समुदाय र उत्पादन शृङ्खलाका सबै पक्षसँग समन्वय गर्दै दीर्घकालीन रूपमै प्रभावकारी परिणाम दिलाउने रणनीति अवलम्बन गरिरहेका बताए । कम्पनीले ४०० भन्दा बढी प्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गरेको छ त्यो भन्दा धेरै अप्रत्यक्ष रोजगारी सृजना गरि अर्थतन्त्रमा योगदान गरिरहेको उनको भनाइ छ ।

कम्पनीको दीर्घकालीन दृष्टिकोण गुणस्तरीय, पौष्टिक र सहज उपलब्ध खाद्य उत्पादनमार्फत स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्दै सबै सरोकारवालालाई सन्तुष्टि प्रदान गर्नु रहेको उनको भनाइ छ ।

‘हाम्रो उद्देश्य बजारमा हाम्रा उत्पादनहरूको दह्रो माग सिर्जना गर्नु र सो मागलाई प्रभावकारी, विश्वसनीय र निरन्तर आपूर्तिमार्फत परिपूर्ति गर्दै उपभोक्ता तथा लगानीकर्ताहरूलाई अधिकतम लाभ प्रदान गर्नु हो’ उनले भने ‘कम्पनीको मूल मूल्य–मान्यता गुणस्तरमा कुनै सम्झौता नगर्ने, ग्राहक–केन्द्रित सोचलाई प्राथमिकता दिने, उत्पादनको पहुँच सहजीकरण गर्ने, तथा सुलभ मूल्यमा उच्च गुणस्तरका वस्तुहरू उपलब्ध गराउने सिद्धान्तमा आधारित छ ।’

स्वदेशी तथा बजारमा आफुलाई गुणस्तरमा प्रतिस्पर्धी बन्नका लागि सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेका सबै मापदण्डहरू कडाइका साथ पालना गर्दै आएको बताए ।

उनले उपभोक्ताको भरोसा झनै दृढ बनाउने र ‘हाई लाइफ’ ब्रान्डको गुणस्तरियता, प्रतिष्ठा तथा प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय वृद्धि हुने जानकारी गराए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime