काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
मंगलबार नेपाली बजारमा छापावाला सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ५२ हजार ९०० रुपैयाँ रहेको थियो ।
यसैगरी, मंगलबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार चाँदीको मूल्य तोलाको ३ हजार ५८५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्