Skip to content

संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक अवरोध जारी रहन्छः महामन्त्री थापा

nabil
global ime

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकार सम्मेलनमा उनले सोमबार तय भएको बैठकअगाडि नै छानबिन समिति गठन गरिनुपर्छ भने। ‘संसद् ठीक ढङ्गले चल्नका निम्ति हामी चाहन्छौँ, सोमबार बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो, त्यो उद्देश्यका लागि समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास राख्छु’, उनले भने, ‘त्यसो हैन भने संसद्को कामकारबाही अघि बढ्दैन ।’

उनले सरकारमाथि शङ्का भएपछि छानबिन समितिको माग गरेको स्पष्ट पार्नुभयो । उपप्रधान एवं गृहमन्त्री लामिछाने छानबिन समितिलाई प्रभावित पार्न खोजेको आशङ्का व्यक्त गरे ।

‘संसद्ले छानबिन समिति बनाउँदै गर्दा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘अबरोध’ गर्नुभएको छ, रोक्नुभएको छ, प्रभावित गर्न खोज्नुभएको छ’, उनले भने, ‘आइतबार पनि संसद्बाट उनले यो विषयवस्तुलाई आफैं गृहमन्त्री हुँदै गर्दा त्यसको ओझलाई बुझेर बहकाउने प्रयास गरेका छन् । यसबाट के प्रमाणित हुन्छ भने उनी संसदीय छानबिन समितिबाट डराउनुभएको छ ।’

पत्रकार सम्मेलनमा उनले गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित पार्न खोज्नुभएको आशङ्का व्यक्त गरे । उनले पार्टी लक्षित भएर प्रतिशोध नराखेको समेत दाबी गरे । ‘यहाँ कसरी प्रस्तुत गर्न खोजिएको छभने हामी त नयाँ पार्टी, नयाँलाई प्रश्न गर्ने ? हामी त आफ्नै पार्टीका नेतालाई प्रश्न गरेर आएको, आफ्नै नेतासँग लडेर आएको हो’, उनले भने, ‘यी तमाम विषयहरु हँुदै गर्दाखेरि यो विषय आज कुनै पनि अर्को व्यक्तिको हकमा भएको भए छानबिन र अनुसन्धान हुन्थ्यो । मैले अहिले जे आशङ्का गरेको छु छानबिनपछि यही आउन भन्ने पनि छैन । कांग्रेसको कुरा यो पनि हैन ।’

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विशेष समय र आकस्मिक समय कार्यसूचीबाट हटाएका थिए। सदनमा गृहमन्त्री लामिछाने सम्बोधन गरेछि बैठक स्थगन गरिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima