काठमाडौं । बुधवार सुनको मूल्य सामान्य बढेको छ । आज चाँदीको मूल्यभने उच्च अंकले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलाको १५० रुपैयाँ बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य तोलाको ३ हजार ६०० रुपैयाँमात्र रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्