काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको एक हजार रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलाको ५५ रुपैयाँ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको २ लाख ५२ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य ३ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको ३ हजार ७५० रुपैयाँमात्र रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्