Skip to content

१० वर्षमा शशिकान्त अग्रवालको तेस्रो तारे होटल, आजदेखि ‘मोक्सी’ सञ्चालनमा

nabil bank

काठमाडौं । उद्योगी शशिकान्त अग्रवालले एक दशकमा काठमाडौंमा तेस्रो तारे होटल सञ्चालनमा ल्याएका छन् । यसअघि नक्सालमा पाँचतारे होटल म्यारियट र ठमेलमा चारतारे होटल फेयरफिल्ड सञ्चालनमा ल्याएका अग्रवालले १०१ कोठाको तेस्रो होटल सञ्चालनमा ल्याएका हुन् ।

मोक्सी खास गरेर युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकाले परम्परागत होटलभन्दा फरक होटलका सञ्चालक अग्रवाल बताउँछन् । असोजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको मोक्सी जेनजी आन्दोलनको कारण ढिलाई भएको थियो ।

कूल दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटल १० तल्लाको रहेको छ । यसको लागत डेढ अर्ब रहेको छ । धागो र चिनी उद्योग तथा बैंकहरूको संस्थापक सेयरमा ठूला सेयरधनीको रूपमा एक दशक अगाडिसम्म चिनिएका अग्रवालले एक दशकमा होटल क्षेत्रमा ठूलो लगानीकर्ताको रूपमा समेत चिनिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi