Skip to content

सुनको मूल्य ३५ सय रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा रेकर्ड ब्रेक

काठमाडौं । शुक्रवार, नेपाली बजारमा सुन र चाँदीको मूल्य उच्च अंकले बढेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ।

आजको बजारमा चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीले सो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi