Skip to content
Prabhu

जैविक विविधता संरक्षणमा डब्लूडब्लूएफको योगदान प्रशंसनीयः वनमन्त्री सुडी

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता संरक्षणमा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको योगदान प्रशंसनीय रहेको बताएका छन् । डब्लूडब्लूएफ नेपालको ३१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले जैविक विविधता संरक्षणमा संलग्न डब्लूडब्लूएफ नेपाललगायत सबै संरक्षण साझेदार र स्थानीय समुदायप्रति आभार व्यक्त गरे । साथै उनले नेपालमा संरक्षणमा डब्लूडब्लूएफ नेपाललद्वारा गरिएको योगदानको प्रशंसा गर्दै नेपाल सरकारको सधैं समन्वय हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले आफूहरुले नेपालको जैविक विविधता संरक्षणका साथै वन्यजन्तु चोरी–सिकार नियन्त्रण, एकीकृत नदी बेसिन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै गरेका कामबारे अवगत गराए । उनले जलाधार र सिमसार क्षेत्र संरक्षण, जलवायु स्मार्ट र वन्यजन्तु प्रवद्र्धन तथा वन्यजन्तुमैत्री पूर्वाधारमा सक्दो सहयोग र कोसिस गरेको उल्लेख गरे।

राष्ट्रिय प्रतिनिधि डा गुरुङले नेपाल सरकार, साझेदार अन्य निकाय र दाताहरुको निरन्तर सहयोगका कारण नै संरक्षणका क्षेत्रमा सफलता हासिल भएको बताए।

कार्यक्रममा सरकारी अधिकारीहरू, विभिन्न मुलुकका राजदूत, अन्तर्राष्ट्रिय र राष्ट्रिय संरक्षण र विकास साझेदार निकायका प्रतिनिधिलगायत उपस्थित थियो । त्यस्तै डब्लुडब्लुएफ नेपालले जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएबापत यस वर्षको संरक्षण पुरस्कार अनिल अधिकारी, हिमाली संरक्षण मञ्च र धनगढी उपमहानगरपालिकालाई प्रदान गरेको छ । साथै यस वर्ष मुलुकभरका विभिन्न १० जना विद्यार्थीलाई स्मृति छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालले तराईका विभिन्न क्षेत्रमा भूमिगत जल रिचार्ज र पानी पुनः पूर्ति सुधारमा गरेको सहयोगका लागि कोकाकोला कम्पनी र सिमसारको पुनः भरण र निर्माणमा सहयोगका लागि कार्ल्सबर्ग ब्रेअरिजलाई प्रशंसापत्र प्रदान गरेको थियो । सो अवसरमा डब्लुडब्लुएफ नेपालको पुस्तक ‘३० पृष्ठमा ३० वर्ष’ विमोचन गरिएको थियो । पुस्तकमा डब्लुडब्लुएफ नेपालको ३० वर्षको कोसेढुङ्गाको चित्रमय यात्रा ३० पृष्ठमा प्रस्तुत गरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal