Skip to content

एस्ट्रीम इनर्जी ड्रिङ्सले एनपीएलको फाइनल खेल २ ठाँउमा निःशुल्क प्रर्दशन गर्ने

Screenshot

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्रिकेट उत्साहलाई एस्ट्रीम इनर्जी ड्रिङ्क्सले महोत्सवको रुपमा मनाउने जनाएको छ ।

नेपाल प्रिमियर लिगको सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल शनिबार धनगढीको जीएनजी मार्गस्थित पार्क मोड तथा बुटवलको ट्राफिक चोकमा एल.ई.डी. स्क्रिन मार्फत निःशुल्क प्रसारण गर्ने भएको छ ।

दर्शक तथा खेलप्रेमीहरूलाई आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई सामूहिक रूपमा समर्थन गर्न, हौसला थप्न तथा खेललाई स्थानीय उत्सवको रूपमा मनाउन प्रोत्साहन मिलोस भन्ने उद्देश्यले एस्ट्रीम इनर्जी ड्रिङ्क्सले फाइनल खेल प्रशारण गर्न लागेको जनाएको छ ।

फाइनल खेलको महत्वपूर्ण क्षण खेल समर्थक हरुलाई नजिकबाट अनुभूति होस भन्ने उद्देश्यले दुवै स्थानमा उत्कृष्ट प्राविधिक व्यवस्था सहित एल.ई.डी.स्क्रिन मार्फत प्रत्यक्ष प्रसारणको तयारि गरेकोले आफ्नो प्रदेश र मनपर्ने टिमको समर्थनलाई महोत्सवको रुपमा भव्य बनाउन सहयोग गर्ने विश्वास एस्ट्रीम इनर्जी ड्रिङ्सले व्यक्त गरेको छ ।
एस्ट्रीम इनर्जी ड्रिङ्सले सबै खेलप्रेमी परिवार तथा युवाहरूलाई आफ्नो मनपर्ने टोलीलाई ऊर्जा, उत्साह र एकताको भावनासहित समर्थनको लाई उपस्थित हुन आग्रह गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T