Skip to content
Prabhu

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःसुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरेका थिए। पुनः सुरू भएको बैठकमा पनि कांग्रेस सांसदको वेल घेराउ र नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal