काठमाडौं । सुनसरीको इटहरीको पहिचानका रूपमा स्थापित गोर्खा डिपार्टमेन्ट स्टोर लिलामीमा जाने भएको छ । हिमालयन बैंकबाट लिएको ऋणसमयमै भुक्तानी गर्न नसकेपछि बैंकले स्टोर तथा त्यससँग सम्बन्धित सम्पत्ति लिलामी प्रक्रियामा लैजाने सूचना जारी गरेको हो ।
बैंकका अनुसार गोर्खा डिपार्टमेन्ट स्टोरले करिब एक अर्ब रुपैयाँ बराबरको ऋण लिएको देखिन्छ । लामो समयदेखि किस्ता तथा ब्याज भुक्तानीनगरेपछि पटक–पटक लिखित तथा मौखिक ताकेता गरिएको भए पनि रकम नतिरेको जनाउँदै बैंकले ३५ दिनभित्र भुक्तानी नगरे कालोसूचीमाराखी लेनाअसुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । तोकिएको समयसीमा २०८२ माघ ३ गतेसम्म रहेको बैंकको सूचनामा उल्लेख छ ।
यसैक्रममा बैंकले इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरी डाँडा, हाँसपोसा र एकम्बालगायत विभिन्न स्थानमा रहेका ४२ कित्ताजग्गाको लिलामी प्रक्रिया सुरु गरेको छ । साथै, कम्पनीका प्रोप्राइटरले प्रयोग गर्दै आएका टोयोटा ल्याण्डक्रुजर, टाटा इन्ट्रा र कियाको सेल्टोसगाडीसमेत लिलामी सूचीमा राखिएको छ । कम्पनीका प्रोप्राइटर बलराम आचार्यसहित अन्जु आचार्य खत्री तथा जमानी बस्ने सन्तोष आचार्य, सुशील आचार्य र बलराम आचार्यको नाममा सूचना जारी गरिएको हो ।
क्रेडिट रेटिङ एजेन्सीका अनुसार पछिल्ला वर्षहरूमा प्रतिस्पर्धा बढ्दै जाँदा गोर्खा डिपार्टमेन्ट स्टोरको कारोबार उल्लेख्य रूपमा घट्दै गएको छ ।दुई वर्षअघि करिब एक अर्ब रुपैयाँको कारोबार गरेको स्टोरले सन् २०२४ मा करिब ६० करोड रुपैयाँको मात्र कारोबार गरेको देखिन्छ । नगदकारोबार बढी हुने व्यवसाय भए पनि बजारमा आएको मन्दीका कारण आम्दानी अपेक्षित रूपमा बढ्न नसकेको बताइन्छ ।
पूर्व क्षेत्रमा डिपार्टमेन्ट स्टोर संस्कृतिको सुरुवात गराएका बलराम आचार्य पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा आएको सुस्तताका कारणसमेत आर्थिक दबाबमा परेका छन् । जग्गा व्यवसायबाट अपेक्षित नगद प्रवाह नहुँदा समग्र व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको रत्यसको असर गोर्खा डिपार्टमेन्ट स्टोरमा समेत परेको देखिन्छ । लामो समयदेखि व्यापारिक गतिविधि सुस्त बनेपछि बैंकको ब्याजसमेत भुक्तानीगर्न नसक्ने अवस्थामा पुगेको बैंकको भनाइ छ ।
२०५६ साल असारमा इटहरीको मुख्य चोकमा गोर्खा डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका आचार्यले त्यसयता २२ वर्षको अवधिमा पाँचवटाशाखा विस्तार गरेका थिए । पूर्वमा सपिङ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिएका आचार्यको व्यवसाय अहिले गम्भीर आर्थिक संकटमापरेको देखिएको छ ।







प्रतिक्रिया दिनुहोस्