Skip to content

गोदरेजले ल्यायो वाशिङ मेसिनमा ४ वर्षे समग्र वारेन्टी

काठमाडौं । गोदरेज एप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूमा ४ वर्षे समग्र वारेन्टी सार्वजनिक गरेको छ। “ओन्ली विथ गोदरेज” नारासहित सुरु गरिएको यस योजनाअन्तर्गत कम्पनीले १० वर्षको मोटर वारेन्टी पनि उपलब्ध गराएको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित टर्बिडिटी सेन्सिङ प्रविधियुक्त यी वाशिङ मेसिनहरूले डिटर्जेन्टको अवशेष पहिचान गरी रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छन्, जसले कपडा अझ सफा र सुरक्षित राख्न मद्दत गर्छ। साथै, स्टीम वाश प्रविधिमार्फत ९५ डिग्री सेल्सियससम्मको गहिरो तथा स्वच्छ धुलाई सम्भव हुन्छ।

इअन रेगालिस सिरिजअन्तर्गत ८ र ९ केजी क्षमतामा उपलब्ध यी वाशिङ मेसिनहरू म्याट कालो र रोज गोल्ड रङमा नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत बिक्री भइरहेको कम्पनीले जनाएको छ। यो योजना सीमित समयका लागि मात्र लागू हुने पनि कम्पनीको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi