काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरको छ । बुधबार चाँदीको मूल्य ४ हजार रुपैयाँ माथि पुगेको हो ।
आज छापावाला सुनको मूल्य तोलाको ७०० सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य १७० रुपैयाँ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको २ लाख ५९ हजार रुपैयाँ थियो ।
यसैगरी, बुधबार चाँदीको मूल्य तोलाको ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ थियो ।








प्रतिक्रिया दिनुहोस्