Skip to content
Prabhu

१० महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड

काठमाडौं । चालू आर्थिक वर्ष २०८०र८१ को दश महिना अर्थात् वैशाखसम्ममा मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ नाघेको छ । गत चैत महिनासम्म खर्ब १० अर्ब ५३ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महिना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

नेपालले चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा मात्रै १३ खर्ब रुपैयाँ बढीको वस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष सोही अवधिको भन्दा २.३९ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

पछिल्लो १० महिनामा भन्सार विभागको तथ्यांकलाई नियाल्दा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी निर्यात गत आर्थिक बर्षको यहि अवधिको तुलनामा ३.६१ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । पाम तेलको कारण निर्यात व्यापारमा वृद्धि देखिए पनि सो वस्तु निर्यात खस्केपछि भने नेपालको निर्यात व्यापारमा हरेक महिना घट्दै गएको देखिएको हो ।

उच्च आयात र न्यून निर्यातले गर्दा नेपालले पछिल्लो १० महिनामा मात्रै ११ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ । यो व्यापारघाटा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशतले कम हो ।

विभागको तथ्यांकअनुसार १० महिनामा नेपालको आयात निर्यात अनुपात १०.३३ गुणा रहेको छ भने कुल व्यापारमा निर्यात व्यापारको अंश ८.८३ प्रतिशत र आयात व्यापारको अंश ९१.१७ प्रतिशत रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal