काठमाडौं । आइतबार सुनको मूल्य सामान्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलाको १ सय रुपैयाँले घटेको छ । गत शुक्रबार २ लाख ५८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार आइपुग्दा एक सय रुपैयाँले घटेको र आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको हो ।







प्रतिक्रिया दिनुहोस्