Skip to content

वीरगञ्ज नाकाबाट साढे ३ खर्ब बढीको सामान आयात

nabil bank

पर्सा । चालु आर्थिक वर्षको ५ महिनामा वीरगञ्ज नाकाबाट ३ खर्ब ५९ अर्ब २३ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ ।

गत आर्थिक वर्षको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १७ प्रतिशतले बढेको छ । ५३ अर्ब ३२ करोड बढी मूल्यको सामान आयात भएको छ । गत आवको पाँच महिनामा ३ खर्ब ६ अर्ब १ करोड रुपैयाँको सामान भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् ।

२४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime