Skip to content

कर भुक्तानी सहज बनाउँदै प्रशासनिक संघीयता सुदृढ गर्दैछौँः अर्थमन्त्री खनाल

nabil bank
काठमाडौं । माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालले करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण हुनु प्रशासनिक संघीयताको दृष्टिले ऐतिहासिक कदम भएको बताए ।
बुधबार मोरङको केराबारी गाउँपालिका परिसरमा आयोजित करदाता सेवा कार्यालयको काम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनिक संघीयता मजबुत हुन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले कर प्रशासनलाई केन्द्रित र सेवामुखी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारेका छन्।
अर्थमन्त्री खनालका अनुसार यस पहलबाट करदातालाई कर तिर्न सहज हुने, कर भुक्तानीमा लाग्ने समय र लागत घट्ने, विकृत व्यवहार कम हुने तथा स्थानीय सरकारको आय करको आधारमा वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, यसले सुशासन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life