Skip to content

उच्च दरका भारतीय नोट प्रयोग गर्ने निर्णयलाई नेपाल–भारत उद्योग वाणिज्य संघले गर्यो स्वागत

nabil bank

काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बर (निक्की) ले नेपालभित्र भारतीय मुद्रा २०० र ५०० रुपैयाँ दरका नोट प्रयोग गर्न अनुमति दिएकोमा नेपाल सरकार तथा भारत सरकारप्रति स्वागत व्यक्त गरेको छ।

चेम्बरले उक्त निर्णयले दुई छिमेकी मुलुकबीचको बलियो सहकार्य र आपसी समझदारीको भावनालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै यसले सीमा–पार व्यापार, पर्यटन तथा जनस्तरको आवागमनलाई सहज बनाउन महत्वपूर्ण योगदान पु¥याउने जनाएको छ। चेम्बरका अनुसार सर्वसाधारण रूपमा प्रचलित यी दरका नोट उपलब्ध हुँदा विशेषगरी सीमा क्षेत्र तथा प्रमुख व्यापारिक केन्द्रहरूमा वित्तीय कारोबार सहज हुने अपेक्षा गरिएको छ।

निर्णयलाई स्वागत गर्दै निक्कीका अध्यक्ष सुनील केसीले यस कदमले द्विपक्षीय पर्यटन सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। “२०० र ५०० रुपैयाँ दरका भारतीय नोट प्रयोग गर्न पाउँदा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूका लागि यात्रा थप सहज हुनेछ र दुवै देशबीच पर्यटन आवागमन बढ्न प्रोत्साहन मिल्नेछ,” उनले भने।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त निर्णय मंसिर २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट भएको जानकारी दिएका थिए्। “यो व्यवस्था नेपाली तथा भारतीय नागरिकहरूका लागि लागू हुनेछ र २०१६ नोभेम्बर ९ पछि जारी गरिएका नोटहरू मात्र स्वीकार गरिनेछ,” उनले भने, “सरकारको हालैको निर्णयअनुसार अब नेपाली तथा भारतीय नागरिकहरूले सीमा पार गर्दा २०० र ५०० रुपैयाँ दरका भारतीय मुद्रा नोटमा अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म नगद बोकेर ल्याउन वा लैजान सक्ने भएका छन्, जसले सीमा–पार कारोबारलाई सहज बनाउने लक्ष्य राखेको छ।”

निक्कीका अनुसार, यस नीतिले भारतीय पर्यटकहरूका साथै पर्यटन, आतिथ्य सेवा, व्यापार तथा सम्बन्धित सेवामा संलग्न नेपाली व्यवसायहरूलाई व्यावहारिक राहत प्रदान गर्नेछ। साथै, यसले दैनिक कारोबारमा पारदर्शिता र सहजता वृद्धि गरी समग्र आर्थिक गतिविधिलाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ।

निक्की टोलीले बैशाख २५ गते नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँगको भेटघाटका क्रममा यस समस्याबारे जानकारी गराएको थियो। जसमा गभर्नर पौडेलले सकारात्मक प्रतिक्रिया जनाएका थिए। यस सन्दर्भमा, निक्कीले नेपाल राष्ट्र बैंक तथा गभर्नर पौडेलको सक्रिय भूमिकाको सराहना गरेको छ।

चेम्बरले दुवै देशका सम्बन्धित निकायहरूले व्यवसायिक समुदायका दीर्घकालीन सरोकारहरू सम्बोधन गर्न देखाएको समन्वित प्रयासको पनि प्रशंसा गरेको छ। निक्कलिे यस्ता निर्णयहरूले सीमा दुवैतर्फका व्यापारी, उद्यमी तथा उपभोक्ताहरूको आवश्यकताप्रति सरकारहरू उत्तरदायि भएको पनि जनाएको छ।

द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै, निक्कीले नेपाल र भारतबीचको निरन्तर सहकार्यले व्यापार, लगानी तथा दिगो आर्थिक वृद्धिलाई अझ प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेको छ। साथै, सरकारको नयाँ निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न र नेपाल–भारत आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने पहलहरूमा सरोकारवालाहरूसँग नजिकबाट सहकार्य गर्न तयार रहेको पनि चेम्बरले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life