काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबारको बजारमा चाँदीको मूल्यले तोलामा २० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ४२० रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो ।








प्रतिक्रिया दिनुहोस्