Skip to content

अर्थमन्त्री खनालसँग मधेस प्रदेशलाई सङ्घीय सरकारले दिँदै आएको अनुदान रकम बढाउन माग

nabil bank

जनकपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच भेटवार्ता भएको छ ।

जनकपुरधामस्थित मधेस भवनमा भएको भेटवार्तामा मधेस प्रदेशका मुख्यमन्त्री यादवले अर्थमन्त्री खनालसँग मधेस प्रदेशलाई सङ्घीय सरकारले दिँदै आएको अनुदान रकम बढाउन माग गरे ।

मधेस प्रदेशमा मानव सूचकांक कमजोर रहेकाले सोही आधारमा अनुदान रकम बढाउनुपर्नेमा उनको जोड थियो ।

त्यस अवसरमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको एमबिबिएसको कार्यक्रममा संघ सरकारले दिनुपर्ने आर्थिक अनुदान नदिएको विषयमा अर्थमन्त्री खनाललाई ध्यानाकर्षण गराइएको थियो । एमबिबिएस कार्यक्रम सञ्चालनमा वार्षिक २० करोड खर्च हुँदै आएको छ ।

अर्थमन्त्री खनालले प्रदेश सरकारबाट प्रदेशको आर्थिक विकास तथा समृद्धिका लागि व्यक्त भएको चिन्ताप्रति संघ सरकार सकारात्मक भएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life