Skip to content

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको १८ सय रुपैयाँ बढ्यो

nabil bank

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ। आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँ बढेर रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबारको बजारमा चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life