Skip to content

ट्रकमा पैसा ओसार्ने नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । गत चैत ४ गते टोखाबाट ट्रकमा २५ करोडभन्दा बढी रकम ओसार–पसार गराउने मालिक नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

पौडेल र यसका भरिया तथा ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड रुपैयाँ भन्दा बढीको मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता सन्तोषराज कटुवालले आइतबार काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T