Skip to content

५ महिनामा प्रहरीले संकलन गर्यो ४० करोड राजस्वः हुण्डीदेखि सुनचाँदी बरामदसम्म, कुन शिर्षकमा कति ?

काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ, ट्राफिक कारबाहीवापत ७ करोड १५ लाख ९३ हजार रुपैयाँ र अवैध सुनचाँदी बरामदवापत ८९ लाख ४५ हजार ३९३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै हुण्डी कारोबार गर्नेहरुबाट ६४ लाख ४३ हजार रुपैयाँ, स्रोत नखुलेको रकम ८५ लाख नौ हजार रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट २७ लाख ६४ हजार रुपैयाँ, अवैध काठ बरामदबाट २ लाख ८७ हजार रुपैयाँ र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट ७ लाख २ हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T