काठमाडौं । गत आर्थिक वर्षमा प्रदेश र स्थानीय सरकारको सञ्चित कोष १ खर्ब ८ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश र स्थानीय सरकारको सञ्चित कोष ऋणात्मक रहेको हो ।
यसैगरी, यस अवधिमा प्रदेश र स्थानीय सरकारको नगद अवस्था भने १ खर्ब ४ अर्ब १३ करोड ८४ लाख रुपैयाँले धनात्मक रहेको छ। साथै विभिन्न कोषहरूको मौज्दात रकम समेत जोड्दा नगद तथा बैंक मौज्दात १ खर्ब ८८ अर्ब ९४ करोड ५८ लाख धनात्मक रहेको महालेखाले जनाएको छ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक वर्ष २०८१÷८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल समक्ष र महालेखापरीक्षकको कार्यालयमा माननीय महालेखापरीक्षक समक्ष सोमबार गते गरेका हुन।







प्रतिक्रिया दिनुहोस्