Skip to content

५ महिनामा मेची भन्सार कार्यालयबाट पौने ४ अर्ब बढी राजस्व संकलन

nabil bank

 

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ ।

उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन भएको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व संकलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी, कार्यालयको तथ्यांक अनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३।४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व संकलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime