काठमाडाैं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्रीको समन्वयले डेडिकेटेड र ट्रंक लाइनको विवाद मिलेको बताएका छन् । निजी क्षेत्रले अझै ढुक्क भएर लगानी गर्ने वातावरण नभएको उनको भनाइ छ ।
लगानी भित्र्याउनका लागि वातावरण अनुकूल हुनुपर्ने बताए । निजी क्षेत्र लगानी गर्न नचाहेको, पूर्वाधारमा अवरोध भएका कारण लगानी नभएको उनको भनाइ छ । वातावरण भएन भने निजी क्षेत्र खुम्चने, राजस्व घटने, रोजगारी घटने उनको भनाइ छ ।
जेनजी आन्दोलन पछि सर्वसाधारणमा निजी क्षेत्र प्रति नकारात्मक सोच बढेको ढकालको भनाइ छ । समुन्नत नेपाल निर्माण गर्न सबैको एजेन्डा आर्थिक हुनुपर्ने ढकालको सुझाव छ ।
जेनजी आन्दोलनमा ४० अर्ब प्रत्यक्ष र समग्रमा ८१ अर्ब क्षति भएको उनको भनाइ छ । जेनजी आन्दोलनमा निजी क्षेत्र सबैको तरो बनेको उनको भनाइ छ। यस्तै हो भने मुलुक असफल हुने हो कि भन्ने त्रास बढ्न थालेको ढकालको भनाइ छ ।
उनले देशमा निर्बाध रूपमा पेसा व्यवसाय गर्न पाउने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । जेनजी आन्दोलनमा लुटपाट, आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस्