काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीति दलले सम्पत्ति नदेखाउने, देखाए पनि कलम, मोबाइल देखाउने, आलिसान महलमा बस्ने चिलेला गाडी चढ्ने पैसा कहाँबाट आयो भन्दै प्रश्न गरे ।
उनले भूमि,सम्पत्ति र बैकिङ क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको धारणा राखे । यसले पूर्वाधार क्षेत्रमा लगानी बढ्ने उल्लेख गरे । बैकिङ क्षेत्रमा धेरै
अधिक तरलता रहेको र त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव दिए । सहकारीको समस्या एकै झडकामा समस्या समाधान गर्न समेत सुुझाव दिए । निजी क्षेत्रलाई साथ दिनुको बिकल्प नरहेको बताएकाछन् । उनले आंधोगिक क्षेत्र ५ दशकदेखि १० देखि १५ प्रतिशत मात्रै खपत भएको बताए । उद्योगलाई ४० प्रतिशत, सेवाको ५० प्रतिशत भयो भने अर्थतन्त्र सुध्रने बताए ।
६ महिना, २ वर्षमा सरकार परिवर्तन गरेर देश नबन्ने उनको धारणा छ । उनले वैदेशिक लगानी नभएसम्म देश नबन्ने बताए । उनले लेबर पठाउने सट्टा पुँजि र प्रविधि भित्र्याउनु पर्ने धारणा राखे ।
एलन मस्कले तीन देशको नागरिकता लिएर राष्ट्रपतिको सल्लाहकार हुने डिभी परेको भरमा नेपाली हैन नागरिकता दिन्न भन्न नहुने धारणा राखे ।







प्रतिक्रिया दिनुहोस्