काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ढलेका निजी क्षेत्रका संरचना उठेमा फेरी ढल्न नदिने सुनिश्चितता सरकारले दिने बताएकी छिन । अहिले सरकारले निजी क्षेत्रलाई सुरक्षा दिने प्रत्याभूति दिइरहेको उनले बताइन ।
जेनजी आन्दोलनमा अराजक हुनेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित मन्त्रालय तयार रहेको बताइन। जेनजी आन्दोलनमा ८४ अर्ब क्षति भएको उनको दाबी छ ।
उनले सरकारले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिएको बताइन । लाभांश विदेश लैजान राष्ट्र बैंकको अनुमति लिन नपर्ने, कालोसूचीमा रहेका कम्पनीले विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्