Skip to content

सन् २०२५ मा साढे ११ लाख बढी पर्यटक नेपाल भित्रिएः पहिलो भारत, दोस्रो स्थानमा अमेरिका

nabil bank

काठमाडौं । सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२५ को डिसेम्बरमा ९८ हजार १९० पर्यटक भित्रिएका छन् । यो सँगै सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक भित्रिएका छन् ।

यस्तै सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनमा गत वर्ष नेपालमा भित्रने पर्यटकको संख्या बढेको छ ।

नेपाल आउनेमा पर्यटकमा सबैभन्दा बढी भारतका रहेका छन् । भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट एक लाख १२ हजार ३१६ पर्यटक आएका छन् ।

त्यसपछि चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक २०२५ मा नेपाल आएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life