Skip to content
Prabhu

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन तोलामा अघिल्लो दिनको भन्दा १ सय रुपैयाँले सस्तो भएको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ४० हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य तोलामा १ लाख ३९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन सामान्य घटे पनि चाँदीको मूल्य केही बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले महँगो भएको छ । आज चाँदी तोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal