Skip to content

विदेशी मुद्रा भित्र्याउन र व्यापार घाटा कम गर्न निर्यातमा जोड दिनुपर्छः मन्त्री सिन्हा

nabil bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातलाई जोड दिनुपर्ने बताएका छन् ।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवम् १०औँ निर्यात दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातमा जोड दिनुपर्ने बताए । विदेशी मुद्रा भित्र्याउन र व्यापार घाटा कम गर्ने क्षेत्र निर्यात भएकाले यसलाई बढाउन आवश्यक भएको उनको भनाइ थियो ।

मन्त्री सिन्हाले स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिने बताए । सरकारले निर्यात प्रवद्र्धन गर्न प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको उनले उल्लेख गरे । मन्त्री सिन्हाले भने, “निर्यातमा देखिएका प्रकियागत र कार्यविधिगत समस्या सहजीकरण गर्न सरकार तयार छ । निर्यातलाई प्रोत्साहन गर्न कार्यविधि तयार गरिँदैछ ।”

निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायी मर्कामा परेको बताए । उनले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन माग गरे । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको छ ।

सभाले परिषदको अध्यक्षमा डा.रामशरण थपलियालाई निर्वाचित गरेको छ । यस्तै परिषदको प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्त राज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ , सह(कोषाध्यक्ष हरिशरण भेटवाल निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा प्रेमराज नराल, सरस्वती सेढाई त्रिपाठी , प्रविन मान श्रेष्ठ , अमिर बगाले, रामकुमार थपलिया , राम कृष्ण भट्टराई र अनन्त गुप्ता निर्वाचित भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life