काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया अदालती प्रक्रियाबाट निर्दोष भइ सजिलै छुट्ने प्रतिक्रिया दिएका छन् ।
आज चन्द्रागिरीमा पत्रकारहरुको प्रश्नमा उनले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए । “यो अदालती प्रक्रिया हो भन्ने बुझेको छु, धेरै हल्ला गर्र्न जरुरी छैन, उहाँसँग सरकारको कुनै पनि रिसिइबी छैन, यो हल भइपनि हाल्छ”, उनले भने ।
प्रहरीले नागरिकता कीर्ते अभियोगमा मंगलबार साँझ सिरोहियाललाई पक्राउ गरी धनुषा लगेको थियो । आज उनलाई धनुषा जिल्ला अदालतमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्