Skip to content
Prabhu

नाफामा चन्द्रागिरि हिल्स, चालु आवको ६ महिनामा ४५ करोड नाफा

 

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेड लगातार रुपमा नाफा कमाउन सफल भएको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको चन्द्रागिरि हिल्सको नाफामा उच्च मात्रामा वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ४५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसअघि सन् २०२० मा ४१ करोड ३० लाख र सन् २०२१ मा २२ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । कोरोनाको समयमा कम्पनीको व्यापार केही सामान्य घटे पनि पछिल्लो समय कम्पनीको आम्दानी निरन्तर रुपमा बढीरहेको छ ।

सन् २०२० मा भन्दा २०२१ मा केही कम नाफा कमाएको कम्पनीले त्यस पछिका वर्षहरुमा लगातार रुपमा नाफा बढ्दै गएको छ । सन २०२१ मा कम्पनीले २२ करोड २० लाख नाफा कमाएको थियो । त्योभन्दा अघिल्लो वर्ष २०२० मा कम्पनीको नाफा ४ करोड १३ लाख रहेको थियो । त्यस्तै कम्पनीले सन् २०२२ मा ६६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ भन्दा २०२३ मा ३६.४७ प्रतिशतले नाफा बढाएको छ । २०२३ मा ९१ करोड ३० लाख रुपैयाँको नाफा कमाएको हो ।

चन्द्रागिरि हिल्स नेपालको चन्द्रागिरि नगरपालिकामा अवस्थित एउटा गन्डोला लिफ्ट यातायात प्रणाली हो । सन् २०१६ मा खोलिएको चन्द्रागिरि केबलकार थानकोटदेखि चन्द्रागिरि पहाडसम्म चल्छ ।

हरेक दिन २ हजारदेखि २ हजार २ सयको संख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal