Skip to content

मुलुकको अर्थतन्त्र बलियो बन्दै, चालु खातामा र शोधनान्तर दुवैमा बचत

काठमाडौं । नेपालको अर्थतन्त्रमा सुधार देखिएको छ। समीक्षा अवधिमा देशको चालु खाता रु. ३५८ अर्ब ८३ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु. १५८ अर्ब ४५ करोडको बचतभन्दा दोब्बरभन्दा बढी हो।
अमेरिकी डलरमा हेर्दा पनि चालु खाताको स्थिति बलियो बन्दै गएको छ। अघिल्लो वर्ष १ अर्ब १८ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोड डलरले बचतमा पुगेको छ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.७ अर्ब ६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको रु. ३ अर्ब ५० करोडको तुलनामा उल्लेखनीय वृद्धि हो। त्यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) तर्फ पनि सुधार देखिएको छ। समीक्षा अवधिमा रु. ७ अर्ब ४७ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको रु. ६ अर्ब ३ करोडभन्दा बढी हो।
सबैभन्दा सकारात्मक संकेत भनेको शोधनान्तर स्थिति हो। समीक्षा अवधिमा शोधनान्तर रु. ४२१ अर्ब ८९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रु. २२५ अर्ब ३४ करोड मात्र थियो। डलरमा हेर्दा शोधनान्तर स्थिति २ अर्ब ९८ करोड डलरले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ६८ करोड डलरको तुलनामा ठुलो सुधार हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi