Skip to content

वायुसेवा संचालक संघको अध्यक्षमा प्रतापजङ्ग पान्डे निर्बिरोध चयन

nabil bank

काठमाडौ । वायुसेवा संचालक संघको अध्यक्षमा प्रतापजङ्ग पान्डे निर्बिरोध निर्वाचित भएका छन् ।

आज सम्पन्न संघको २५ औँ वार्षिक साधारणसभाले अध्यक्षमा पान्डेलाई निर्बिरोध चयन गरेको हो । पान्डेको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा निमानुरू शेर्पा, द्विपक्षीय उपाध्यक्षमा सुवास सापकोटा, तृतीय उपाध्यक्षमा उमेश पनेरु, महासचीवमा मुरलीधर जोशी, सचिबमा बालकृष्ण पन्डित र कोषाध्यक्षमा रुपेश जोशी निर्वाचित भएका छन्।

 

शेर्पा अल्टिच्यूड एयरका सञ्चालक, सापकाेटा एयरलाइन्सका सीईओ, पनेरु तारा एयरका सीईओ हुन् ।

 

यसैगरी, महासचिव जाेशी सिम्रिक एयरका प्रबन्ध निर्देशक, सचिव पण्डित एयर डाइनेस्टीका प्रबन्धक तथा कोषाध्यक्ष जाेशी बुद्ध एयरका निर्देशक हुन् ।

 

कार्यसमितिका सदस्यहरूमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट र हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा रहेका छन् ।

 

कार्यक्रममा अध्यक्ष पान्डेले अपरेशनल लगायतका काम गर्न क्यानमा भएको बुझने नेतृत्वले गर्दा सहज भएको बताए । बिश्वमा सन्चालन भएका भन्दा बन्द भएका कम्पनी धेरै रहेको स्मरण गरे । उनले नेपालमा कसरी सस्टेन हुने भन्नेमा ध्यान दिनु पर्ने बताए । नेपालमा हावामा ईन्धन उडाउने, फ्लाईट डिले हुने समस्या बढेको तर्फ ध्यानाकर्षषण गराए । हाेटलकाे क्षमता ३५ लमख पुगेको तर पर्यटनको संख्या ११ लाख मात्रै रहेको स्मरण गरे ।

विमानस्थलकाे सदुपयोग हुने गरि सबै गर्नु आजको आवश्यक भएको बताए ।

 

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले वायुसेवा कम्पनीलाई हवाई क्षेत्रमा सबल हुने गरी दीर्घकालीन योजना बनाउन सुझाव दिए ।

 

उनले नेपालमा अब महङ्गो ट्वीनअटर ल्याएर  बिजनेस गर्न वायुसेवालाई गार्ह्रो हुने बताए । उनले नेपालना दुर्गम क्षेत्रमा पनि चल्ने जहाज भने ल्याउनुपर्ने र सेवा दिनुपर्ने बताए ।

 

सुगममा मात्रै उडान गर्ने वायुसेवालाई अब नियामक निकायले कडाई गर्नुपर्ने  अवस्था आएको कर्णले बताए ।

 

नेपालमा पछिल्लो समय चलेको एटीआर ७२- ५०० अब फेज आउट हुँदै गएको उनले बताए । अहिलेको अवस्थामा अब ७२- ६००  ल्याएर उडान गर्ने गरि योजना बनाउन पनि सम्बन्धित वायुसेवालाई  आग्रह गरे ।

उनले नियामकको काम नियमन गर्ने हो  तर नियमन गर्दा वायुसेवा नचल्ने र कम गर्ने हवाई सुरक्षामा चुनौती हुने गरेको अबस्था रहेको बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life